वि.सं. २०७३ साल माघ २४ गते / सन् २०१७ फेब्रुअरी ०६ तारिख सोमबरको राशिफल हेर्नुहाेस्

  शुभ खबर 

आजकाे राशिफलः  बि.सं. २०७३ साल माघ २४ गते सोमबार तथा इश्वी सन् २०१७ फेब्रुअरी ०६ तारिख, शकसंवत् १९३८ सौम्य संवत्सर, उत्तरायण, शिशिर ऋतु। नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष, तिथि – दशमी, १५:०५ बजेउप्रान्त एकादशी।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । चेलीेबेटी र कुटुम्बका काममा सहयोग गर्नु पर्नेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने संकेत छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यात्रा नगरेको जाति हुन्छ, चोटपटकको भय हुनेछ वा यात्राका क्रममा झर्कोलाग्दो र धनमाल हराउने सम्भावना पनि देखिंदैछ । परिवारका सदस्य वा नजिकैको साथीले पनि तपाईंका मनका भावना बुझी दिंदैनन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा बेफाइदा नै हुँदैन, तर आफूले तल्लीनतापूर्वक कामको निगरानी गर्नु राम्रो हो । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन् । वैदेशिक यात्राका लागि गरिएको प्रयास सार्थक हुनेछैन । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने छ । घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

अल्छीपन र आलस्य त्यागेर कडा परिश्रम गर्न सकेमा आजको दिन राम्रो हुनेछ । धार्मिक वा सामाजिक काममा खट्नु पर्ने समय आएको छ । बन्धुबान्धव वा दाजुभाइका काममा सहयोग गरिने छ । स्वास्थ्यमा मौसमी प्रभाव पर्नसक्छ, ख्याल राख्नुपर्छ । ठूलाबडा र सम्मानित भनौंदाहरूको आश्वासनको भर पर्नु हुँदैन । यात्राबाट भनेजस्तो सफलता प्राप्त गर्न सकिंदैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

पुर्बेलीबाट 

प्रकाशित मिति : सोमबार ,माघ २४, २०७३

 

Published Date : २४ माघ २०७३, सोमबार ०३:३०

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

Läkemedel Zyvox 600 mg – De bästa online priser – Piller Shop, Säker Och Anonym

Läkemedel Zyvox 600 mg – De bästa online priser – Piller Shop, Säker Och Anonym

Läkemedel Zyvox 600 mg Generisk Linezolid Bästa apotek att köpa Linezolid Helsingborg. Generic Zyvox (linezolid) is an antibiotic medication that […]

१ मंसिर २०७५, शनिबार १०:३३
Fda Approved Health Products :: Price Nimodipine cheap :: Discount Canadian Pharmacy Online

Fda Approved Health Products :: Price Nimodipine cheap :: Discount Canadian Pharmacy Online

Price Nimodipine cheap Generic Nimotop Safe pharmacy To Buy Nimotop Generic OTC. Nimotop (Nimodipine) is used to prevent brain damage […]

१ मंसिर २०७५, शनिबार १०:३३
Best Prices For All Customers * 300 mg Fasigyn Best Deal On * Free Worldwide Delivery

Best Prices For All Customers * 300 mg Fasigyn Best Deal On * Free Worldwide Delivery

300 mg Fasigyn Best Deal On Generic Fasigyn Safe Order Fasigyn Pills. Tinidazole is used to treat certain infections caused […]

१ मंसिर २०७५, शनिबार १०:३३
Beställa Utan Recept 400 mg Albenza / Gratis flygpost eller Courier Shipping / BTC är tillgänglig

Beställa Utan Recept 400 mg Albenza / Gratis flygpost eller Courier Shipping / BTC är tillgänglig

Beställa Utan Recept 400 mg Albenza Generisk Albenza Där jag kan köpa Albenza 400 mg På nätet. Generisk Albenza används […]

१ मंसिर २०७५, शनिबार १०:३२
Visa, Mc, Amex Is Available :: How Much Cost Zyloprim cheapest

Visa, Mc, Amex Is Available :: How Much Cost Zyloprim cheapest

How Much Cost Zyloprim cheapest Generic Zyloprim Best Pharmacy To Buy Cheap Zyloprim Generic. Zyloprim (Allopurinol) is in a class […]

१ मंसिर २०७५, शनिबार १०:३२
Mail Order Ventolin 100 mcg generic * Best Rated Online Pharmacy

Mail Order Ventolin 100 mcg generic * Best Rated Online Pharmacy

Mail Order Ventolin 100 mcg generic Generic Ventolin Safe pharmacy To Buy Generic Ventolin online. Ventolin (albuterol sulfate) is a […]

१ मंसिर २०७५, शनिबार १०:३२
Video