कोठी डाँडालाई पर्यटकीयस्थल बनाइँदै

शुभ खबर, इलामको माईपोखरीस्थित जस्बिरेमा रहेको कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय सरोकारवाला सक्रिय भएका छन् । जस्बिरेवासी ऐतिहासिक महत्व समेत बोकेको यस डाँडालाई वनभोज र दृश्यावलोकनको उपयुक्तस्थल बनाउन सक्रिय भएका हुन् । समुद्र सतहदेखि एकहजार ९५० मिटर अग्लो यो डाँडालाई दृश्यावलोकनका लागि उपयुक्त थलो बनाउन र वनभोज थलोको रूपमा विकास गर्न स्थानीय जस्विरे पर्यटन विकास सरोकार समितिनै बनाएर अघि बढिरहेका छन् ।

माइपोखरी गाविसले दिएको रु ५० हजारमा स्थानीयले आफ्नै गोजीबाट रु एक लाख ५० हजार सङ्कलन गरी डाँडामा बाटो पु¥याएका छन् । डाँडाको वरिपरि बाटो निर्माण गरिरहेका छन्, जसको माध्यमबाट डाँडा वरिपरि घुमेर इलाम जिल्लाको आधाभन्दा बढी रमणीय भू–भाग दृश्यावलोकन गर्न सकिन्छ ।

चियाले ढाकिएको यो डाँडामा पार्क, चिल्ड्रेन पार्क निर्माण गर्दै घुम्न र वनभोज खान आउने पर्यटकका लागि आकर्षक थलो बनाउन लागिएको सरोकार समितिका अध्यक्ष गृष्म सुब्बाले बताउनुभयो । यसका लागि गुरुयोजना बनाउने काम भइरहेको पनि उहाँले बताउनुभयो ।

वातावरणलाई समेत ध्यानमा राखेर प्राकृतिक रूपमा रमाउन चाहनेको रोजाइ कोठीडाँडा बन्न सकोस् भन्ने उद्देश्यले काम सुरू गरिएको स्थानीय कमल मुखिया बताउनुहुन्छ ।

स्थानीय जनजीवन र संस्कृति झल्कने प्रतिमा स्थापना गर्ने र लोप भएर गएको रोटेपिङ बनाएर पर्यटकलाई आकर्षित गर्ने योजना रहेको अध्यक्ष सुब्बाले बताउनुभयो । “स्थानीय स्रोत साधन उपयोग गरेर यसलाई हामी सुन्दर बनाउने योजनामा छौँ”, अध्यक्ष सुब्बाले भन्नुभयो “दातृ निकाय र सरकारलाई हारगुहार गरेर हामी कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन लागिपरेका छौँ ।”

पर्यटन विकासका लागि कोठीडाँडाका जग्गाधनीले समेत मञ्जुरी दिइसकेकाले यसलाई आवश्यकता अनुसार सुन्दर बनाउन कुनै समस्या नहुने पनि समितिले जनाएको छ ।

विसं १९२० मा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले यो ठाउँ मन पराएर कोठी बनाएर केही समय बसेकाले यसलाई कोठीडाँडा समेत भन्ने गरिएको छ । जङ्गबहादुर राणाका छोरी–ज्वाइँको दरबार भएकाले पनि कोठीडाँडाको ऐतिहासिक महत्व रहेको जस्विरेका पूर्व शिक्षक सूर्य सुब्बा बताउनुहुन्छ । यसको ऐतिहासिकतासँगै जोडेर आकर्षक थलोको रूपमा विकास गर्न स्थानीय जुटेको पनि उहाँले बताउनुभयो ।

कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय जुटिरहेका बेला मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले स्थलगत निरीक्षण गरेर यो डाँडालाई पर्यटकीयस्थल बनाउन आफू पनि सकारात्मक रहेको बताउनुभयो ।

डाँडाको अवलोकनपछि उहाँले यहाँबाट देखिने मनोरम दृष्यले पर्यटकलाई लोभ्याउने भएकाले यसको पर्यटकीय सम्भावना रहेको उहाँको बुझाइ छ ।

स्थानीय पर्यटन सरोकार समितिले निर्देशक द्यौरालीलाई डाँडाको पर्यटन विकासका लागि सहयोग गर्न आग्रह गरेका छन् । कोठीडाँडा जिल्लाको सबैभन्दा बढी भू–भाग दृष्यावलोकनका लागि सबैभन्दा सहज र उत्तम थलो भएको बरबोटे गाविसका पूर्वउपाध्यक्ष गङ्गा भूर्तेलले बताउनुभयो ।

यसलाई पर्यटकीयस्थलको रूपमा विकास गर्नसके इलामको उत्तरी क्षेत्रको पर्यटन विकासमा थप बल पुग्ने सरोकारवाला बताउँछन् । रासस

प्रकाशित मिति : बुधबार माघ ५, २०७३

Published Date : ५ माघ २०७३, बुधबार ०८:२९

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

Average Cost Levitra 60 mg * Pills Online Without Prescription

Average Cost Levitra 60 mg * Pills Online Without Prescription

Average Cost Levitra 60 mg Generic Levitra Where To Buy Cheapest Generic Levitra. Generic Levitra is a cost-effective alternative to […]

१४ माघ २०७५, सोमबार २२:३९
Legal Online Pharmacy :: Costo Del Kamagra Da 50 mg :: Worldwide Shipping (1-3 Days)

Legal Online Pharmacy :: Costo Del Kamagra Da 50 mg :: Worldwide Shipping (1-3 Days)

Costo Del Kamagra Da 50 mg Generic Kamagra Best Pharmacy To Order Kamagra Generic Now. Generic Kamagra (Sildenafil citrate) is […]

१४ माघ २०७५, सोमबार २२:३८
Cheapest Benicar Purchase Online / Approved Pharmacy / Visa, Mc, Amex Is Available

Cheapest Benicar Purchase Online / Approved Pharmacy / Visa, Mc, Amex Is Available

Cheapest Benicar Purchase Online Generic Benicar Where To Purchase Cheapest Benicar without prescription. Generic Benicar (olmesartan) is an orally administered […]

१४ माघ २०७५, सोमबार २२:३८
Private And Secure Orders – Synthroid Cost For 50 mcg – Fast Worldwide Delivery

Private And Secure Orders – Synthroid Cost For 50 mcg – Fast Worldwide Delivery

Synthroid Cost For 50 mcg Generic Synthroid Best Place To Buy Cheapest Synthroid without prescription. Synthroid (levothyroxine) is a replacement […]

१४ माघ २०७५, सोमबार २२:३७
Cheap Prometrium Order Online * Generic Drugs Pharmacy * BTC Is Available

Cheap Prometrium Order Online * Generic Drugs Pharmacy * BTC Is Available

Cheap Prometrium Order Online Generic Prometrium Safe pharmacy To Buy Generic Prometrium without prescription. Generic Prometrium (Progesterone) is a dual […]

१४ माघ २०७५, सोमबार २२:३७
Fda Approved Drugs :: Best Place To Order Vibramycin generic

Fda Approved Drugs :: Best Place To Order Vibramycin generic

Best Place To Order Vibramycin generic Generic Vibramycin Where To Order Cheapest Vibramycin without prescription. Generic Doxycycline is a broad-spectrum […]

१४ माघ २०७५, सोमबार २२:३७
Video