निर्वाचनमा सघाउन प्रधानमन्त्रीकाे आग्रह

शुभ खबर,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगत ७० वर्षदेखिका जनक्रान्ति तथा जनआन्दोलनको उपलब्धिको रक्षार्थ संविधान कार्यान्वयनको विकल्प नभएको बताउनुभएको छ ।

छैटौंँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (एकोर्याव) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान कार्यान्वनका लागि आगामी माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्ने कार्यमा सघाउन सबैसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने कार्यमा सरकार लागेको छ, निर्वाचनलाई ‘मिसन’का रुपमा अगाडि बढाउन सम्पूर्ण रेडियोकर्मीलाई अपिल गर्दछु ।” संविधानअनुसार निर्वाचन गराउन नसकेको अवस्थामा राजनीतिक अराजकता आउने सक्ने भन्दै उहाँले संविधानको कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ भन्नुभयो ।

विविधतालाई एकतामा केन्द्रित पनि सरकारको पहिलो प्राथमिकता निर्वाचन भएको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “सरकार, एक पार्टी वा व्यक्तिले मात्र निर्वाचन गर्न सक्दैन, यसमा सबैको सामूहिक पहल कदमी जरुरी छ ।”

सिंहदरबारको सूचनालाई टोलटोलमा लैजान रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँले दुर्गम गाउँमा महिला तथा दलितले सञ्चालन गरेका रेडियोलाई राज्यले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले ग्रामीण समुदायलाई सूचना तथा सन्देश प्रवाह गर्ने सामुदायिक रेडियोको दिगो विकासका लागि सहयोग गर्न निर्देशन दिनुभयो । उहाँले रेडियोको भूमिका बढ्दै गएकाले गुणस्तरीय विषयवस्तु उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारीले रेडियोको प्रभावकारिता अन्य सञ्चार माध्यमको भन्दा बढी हुने भएकाले यसको दिगो संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।

एको¥याबका अध्यक्ष सुवास खतिवडाले दिगो विकासका लागि सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्नुुभयो ।   सामुदायिक रेडियोको विश्व सङ्गठन (अमार्क) का उपाध्यक्ष मीनबहादुर शाहीले समाज परिवर्तनको आन्दोलनमा रेडियो अग्रस्थानमा भएको भन्दै यस क्षेत्रको विकासका राज्यको ध्यान जानुपर्ने बताउनुभयो ।

मुलुकभर ३१५ वटा सामुदायिक रेडियो सञ्चालन भएका छन् । सामुदायिक रेडियोले विभिन्न ७० वटा भाषामा समाचार तथा सन्देशमूलक कार्यक्रम सञ्चालन गर्दै अएका छन् । कार्यक्रममा एकीकृत नमुना मुसहर बस्तीका मुसहरलाई ५२ वटा रेडियो प्रदान गरिएको थियो । रासस

प्रकाशित मिति : सोमबार, फागुन २, २०७३

Published Date : २ फाल्गुन २०७३, सोमबार १४:१८

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

Läkemedel Zyvox 600 mg – De bästa online priser – Piller Shop, Säker Och Anonym

Läkemedel Zyvox 600 mg – De bästa online priser – Piller Shop, Säker Och Anonym

Läkemedel Zyvox 600 mg Generisk Linezolid Bästa apotek att köpa Linezolid Helsingborg. Generic Zyvox (linezolid) is an antibiotic medication that […]

१ मंसिर २०७५, शनिबार १०:३३
Fda Approved Health Products :: Price Nimodipine cheap :: Discount Canadian Pharmacy Online

Fda Approved Health Products :: Price Nimodipine cheap :: Discount Canadian Pharmacy Online

Price Nimodipine cheap Generic Nimotop Safe pharmacy To Buy Nimotop Generic OTC. Nimotop (Nimodipine) is used to prevent brain damage […]

१ मंसिर २०७५, शनिबार १०:३३
Best Prices For All Customers * 300 mg Fasigyn Best Deal On * Free Worldwide Delivery

Best Prices For All Customers * 300 mg Fasigyn Best Deal On * Free Worldwide Delivery

300 mg Fasigyn Best Deal On Generic Fasigyn Safe Order Fasigyn Pills. Tinidazole is used to treat certain infections caused […]

१ मंसिर २०७५, शनिबार १०:३३
Beställa Utan Recept 400 mg Albenza / Gratis flygpost eller Courier Shipping / BTC är tillgänglig

Beställa Utan Recept 400 mg Albenza / Gratis flygpost eller Courier Shipping / BTC är tillgänglig

Beställa Utan Recept 400 mg Albenza Generisk Albenza Där jag kan köpa Albenza 400 mg På nätet. Generisk Albenza används […]

१ मंसिर २०७५, शनिबार १०:३२
Visa, Mc, Amex Is Available :: How Much Cost Zyloprim cheapest

Visa, Mc, Amex Is Available :: How Much Cost Zyloprim cheapest

How Much Cost Zyloprim cheapest Generic Zyloprim Best Pharmacy To Buy Cheap Zyloprim Generic. Zyloprim (Allopurinol) is in a class […]

१ मंसिर २०७५, शनिबार १०:३२
Mail Order Ventolin 100 mcg generic * Best Rated Online Pharmacy

Mail Order Ventolin 100 mcg generic * Best Rated Online Pharmacy

Mail Order Ventolin 100 mcg generic Generic Ventolin Safe pharmacy To Buy Generic Ventolin online. Ventolin (albuterol sulfate) is a […]

१ मंसिर २०७५, शनिबार १०:३२
Video